१४ किल्लो बेवारिसे चांदी बरामद

वीरगंज । वीरगंज पथ्लैया चल्ने सिटी राईड बसबाट प्रहरीले बेवारिसे अवस्थामा ठुलो मात्रामा चांदीका गहनाहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालीका वडा नम्बर १४ गण्डक स्थीत चौकमा नियमीत चेकजाचका क्रममा वीरगंज बाट पथ्लैया तर्फ गइरहेको ना २ ख ३९७९ नम्बरको लोकल बसबाट प्रहरीले १४ किल्लो ६ सय ७५ ग्राम चांदीका गहनाहरु बरामद गरेको हो ।

बस भित्रको प्यासेजमा खरानी रंगको झोलामा राखीएको अवस्थामा चेकजाच गर्दा उक्त मात्रामा चांदीका गहनाहरु बरामद भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो ।

बस भित्र रहेका यात्रुहरु मध्ये कसैले पनि चांदीको हक दावी नगरेकाले उक्त चांदी भारतबाट भन्सार छलि भित्रयाइएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बरामद चांदीको बजार मुल्य अंदाजी ६ लाख २७ हजार ५ सय ९० रुपैया रहेको प्रहरीले जनाएको छ । बरमाद चांदी आवश्यक कार्यवाहीका लागी वीरगंज भन्सार कार्यालय पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!