वीरगञ्ज, २० असार । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ५ बजे तीन जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।
जसपाबाट पर्साका क्षेत्र नम्बर १ सांसद प्रदीप यादव वन तथा वातावरण मन्त्री, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री र मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमा पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।
जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर जसपाबाट पर्साका क्षेत्र नम्बर १ सांसद् प्रदीप यादव वन तथा वातावरण मन्त्री, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री र मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमा नियुक्त गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।