Mission Khoj
Advertisement
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
TRENDING
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली
No Result
View All Result
No Result
View All Result
Home Banner News

रोहिंगिया मुस्लिमलाई देशनिकाला गर्नुपर्ने माँग राख्दै वीरगन्जमा हिन्दुवादी संगठनको प्रदर्शन

मिसन डेक्स
मिसन डेक्स
July 3, 2022
रोहिंगिया मुस्लिमलाई देशनिकाला गर्नुपर्ने माँग राख्दै वीरगन्जमा हिन्दुवादी संगठनको प्रदर्शन

वीरगंज। रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनले वीरगन्जमा विरोध प्रर्दशन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मुस्लिम आयोगका अध्यक्षको पुतला दहन गरेका छन ।

शरणार्थीको रुपमा म्यानमार, बांग्लादेश, भारत र पाकिस्तान लगायतको देशबाट आएका रोहिंगिया मुस्लिमहरुलाई मुख्यमन्त्री लालबाबु राउत गद्दी र आयोगका अध्यक्ष समिम अंसारीले संरक्षण गरेको भन्दै पुतला जलाएर विरोध गरेका हुन ।

स्थानिय प्रहरी प्रशासनको कडा सुरक्षाका विच विश्व हिन्दु परिषद नेपाल पर्साका कार्यकर्ताहरुले प्रहरीलाई चुनौती दिदैं मुख्यमन्त्री लालबाबु र आयोगका अध्यक्ष अंसारीको पुतला दहन गर्न सफल भएका हुन । प्रहरीले हस्तक्षेप गरी पुतला नियन्त्रणमा लिन खोज्दा प्रहरी र परिषदका कार्यकर्ता विच केहि बेर घम्साघम्सी समेत भएको थियो ।

रोहिंगिया मुस्लिमहरु देशको लागि घातक रहेको भन्दै देशनिकाला गर्नुपर्ने मुख्य माँग गर्दै वीरगन्जमा विरोध प्रर्दशन गरेका हुन । वीरगन्जको माईस्थानमा भेला भएको परिषदका कार्यकर्ताहरुले वीरगन्जमा विरोध जुलुस प्रर्दशन गरेका थिए ।

उनीहरुले रोहिंगिया मुस्लिमलाई देशनिकाला गर, रोहिंगियालाई नेपाल प्रवेश गराउँनेलाई कारवाही गर, मुस्लिम आयोग खारेज गर, ल्याउँन लागेको मदर्सा शिक्षा विद्येयक खारेज गर, समिम मियाँ अंसारी मुर्दाबाद लगायतको नारा लगाउँदै विरोध जुलुस नगर परिक्रममा गरेको थियो ।

माईस्थान मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुस, महाविरचौक, आर्दशनगर, अलखियामठ, विर्ता, गणेशमानचौक, माईस्थान हुदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै परिषदका अध्यक्ष बृजेश मल्लिकले रोहिंगिया मुलुक देशको लागि खतरा रहेको भन्दै देश निकाला गर्नुपर्ने माँग गरे ।

रोहिंगिया कट्टर मुस्लिम भएका कारण उनीहरुलाई मुस्लिम राष्ट्रले समेत आफनो देशमा प्रवेश गर्न नदिएको अवस्थामा नेपालमा प्रवेश गराएका यिनिहरुले भोलीका दिनमा नेपालमा ठूलो दुर्घटना निम्त्याउँन सक्ने भएकोले सरकारले अविलम्ब कारवाही गरी देश निकाला गर्नुपर्ने उनले माँग गरे । आफूहरुको माँगलाई राज्यले वेवास्था गरे देशभरी नै कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।

साथै उनले न्यून संख्यामा आएका रोहिंग्या शरणार्थीहरू अहिले केहि संख्या बढेकोमा शरणार्थी परिचयपत्र, भत्ता र रोजगारीको माँग गर्दै आन्दोलन गरी रहेका छन, हरेक नेपालीको अधिकारमाथि कब्जा जमाउँन खोजेका छन , जुन राष्ट्रको लागि घातक छ, यिनलाई संरक्षण दिने मुस्लिम आयोगका अध्यक्ष अंसारीलाई समेत कारवाही गर्न माँग गरेका हुन ।

हालै जसपाका अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री गद्दी, आयोगका अध्यक्ष अंसारी लगायतको सहभागितामा इस्लामिक संगठन जमियत उलेमा ए—नेपाल नामक संगठनले साँत बुन्दे प्रस्ताव ल्याएपछि नेपाली जनता आन्दोलित बनेका हुन । ईस्लामिक संगठनले ल्याँएको प्रस्तावहरु समाजिक सदभावलाई खलल पार्ने एवं बहुसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै प्रस्ताव खारेजीको माँग गर्दै देशभरी नै आन्दोलन शुरु भएको छ ।

ईस्लामिक संगठनले बक्फ बोर्ड गठन, मदरसा विधेयक, नेपाल पसेका राहिंगिया, बंगलादेशी, भारतीय र पाकिस्तानी मुस्लिमलाई आधिकारीकता दिन र मुस्लिम परिवार कानून लगायत साँत बुन्दे माँग प्रस्ताव पारित गरेका थिए ।

मुस्लिम संगठनले ल्याएको प्रस्तावहरु देशको समाजिक सदभावलाई खलल पार्ने एवं बुहसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै खारेजीको माँग राख्दै उनीहरु आन्दोलनमा उत्रेका हुन ।

यो खबर पढिएको पटक: 44
Previous Post

वीरगन्ज महानगरपालिकाको श्वेतपत्र जारी

Next Post

Try This Healthy Spring Food Art for Your Kid's Snack Time

मिसन डेक्स

मिसन डेक्स

Next Post

Try This Healthy Spring Food Art for Your Kid's Snack Time

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

53 years ago
नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

53 years ago

यो वेबसाइट missionkhoj.com को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो बारेमा

  • मिसन खोज मिडिया प्रा. लि.
  • सुचना विभाग दर्ता नम्बर-१६४१/२०७६/२०७७
  • ठेगाना: वीरगंज-१२, पर्सा, नेपाल
    Birgunj 44300
  • shyamkushwaha260@gmail.com
  • 9845191021
  • https://www.missionkhoj.com/

हाम्रो टीम

अध्यक्ष/प्रबंध निर्देशक: श्याम कुश्वाहा

सम्पादक : अखिल कुमार सिंह, 9851243221

फेसबुक पेज

Facebook

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • राजनीति
  • खोज
  • अन्तर्वार्ता / विचार
  • अर्थ वाणिज्य
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य / जीवनशैली

© 2022 - Mission Khoj Media Pvt. Ltd. - All Rights Reserved.