सशस्त्र प्रहरी द्वारा ३ लाखको तस्करीको समानहरु नियन्त्रणमा

वीरगंज। सशस्त्र प्रहरीले पर्साको विन्दवासीनी गाउपालीका वडा नम्बर ५ बाट तस्करी गर्न लागीएको अन्दाजी ३ लाख मुल्य बराबरको लत्ता कपडा पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पराक्रमराज भण्डारीको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले विन्दवासीनी गाउपालीकाको सिमा संगै सटेको गाउ पर्सौनीभाटा स्थीत भारत बाट नेपाल तर्फ तस्करीका माध्यमले राती ११ बजे भित्रयाएर राखीएको ४ वटा पोकामा रहेको विभिन्न समानहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाहले बताउनु भयो ।

बरामद समानहरुमा कुर्ता सलवार,रेडिमेट शर्ट,बच्चाको जिन्स पाईन्ट,भेष्ट,स्टीलका भाडा वर्तन , ४ चक्के गाडीहरुमा प्रयोग हुने साइड सिसा,लाईट लगाएत गरी अन्दाजी ३ लाख मुल्य बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद समानहरु आजै वीरगंज भन्सार कार्यालय बुझाईने सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!