नक्कली क्राईम ब्रान्चले लुटेको ८४ बोरा मरिच सक्कली क्राईम ब्रान्चले बरामद गर्यो

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १३ खाद्य संस्थान अगाडी बाट १३ दिन अगाडी लुटीएको २ हजार ५ सय २० किल्लो मरिच प्रहरीले बरामद गरेको छ ।

आफुलाई क्राईम ब्रान्चको एसपी र डिएसपी बताई मरिच सहितको पिकअप गाडी लुटेको आरोपमा प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर ३ छपकैया बस्ने वर्ष ३० को राजाराम महतो र वीरगंज वडा नम्बर १० बस्ने वर्ष ४२ को संतोष कुमार महर्जनलाई नियन्त्रणमा लिइएको पर्सा क्राईम ब्रान्चका प्रहरी निरीक्षक राजेश दत्तले बताउनु भयो ।

मिती २०७५÷०६÷२८ गते वीरगंज महानगरपालीका वडा नम्बर १० स्वीमींगपुल अगाडी रहेको खुसी जेनरल स्टोरबाट ना ४ च २२६१ नम्बरको बोलेरो पिकअप गाडीमा लोड गरीएको ८४ बोरा अर्थात २ हजार ५ सय २० किल्लो मरिच जिल्ला बारा सिम्रौनगढ नगरपालीका वडा नम्बर ४ स्थीत रहेको अंशु फिसफिड स्टोरको वीरगंज स्थीत गोदाममा गइरहेको पिकअप गाडीलाई आफुहरु क्राईम ब्रान्चको एसपी र डिएसपी भएको बताउदै ड्राईभरलाई गाडीबाट निकाली आफै मरिच सहितको गाडी लुटेर फरार भएका थिए ।

प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर ३ छपकैया स्थीतबाट लुटिएको मरिच प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाही तथा अनुशनधानको लागी जिल्ला प्रहरी कार्यालयमा राखीएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुशनधान शाखा प्रमुख रहेका प्रहरी निरीक्षक राजेश दत्त कुशल नेतृत्व तथा अपराध अनुशनधानमा दक्ष प्रहरी मानीन्छन ।

error: Content is protected !!