विश्व पोलियो दिवस वीरगंजमा पनि भव्यताका साथ मनाईयो

वीरगंज । विश्व पोलीयो दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । रोटरी क्लब तथा रोट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा रयाली निकालिएको छ ।

नरायणी उपक्षेत्रिय अस्पतालबाट निकालीएको रयाली नगर परिक्रमा गरी घण्टाघरमा पुगी समापन भएको थियो । रोटरी इन्टरनेशनल क्लबसंग आवद्ध विश्व भरीका रोटरी क्लब तथा रोट्रयाक्ट क्लबहरुले प्रत्येक वर्ष यस अवसरमा विभिन्न कार्यक्रमहरु गरी पोलियो दिवस मनाउने गरेको रोट्रयाक्ट आयुष गुप्ताले बताउनु भयो ।

. “ईन्ड पोलियो नाऊ” को नारा सहित यस वर्ष बीरगंजमा रहेको रोटरी, रोट्रयाक्ट तथा इन्टर्याक्ट क्लबहरुले गरेको उक्त रयाली कार्यक्रममा सम्पूर्ण क्लबका सदस्यहरुको उपस्थितिको साथै बीरगंज स्काउटका बालबालिकाहरु, गौतम मा. वि., ज्ञानदा एकेडेमी र डी.ए. भी. मा. वि.का बालबालिकाहरु, शिक्षक वर्ग तथा विभिन्न समाजसेवी तथा बीरगंजबासीहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!