मृतकको परिवारलाई सांसद यादवद्धारा राहत, ५०हजार को सहयोग प्रदान

वीरगञ्ज, २३ असोज । वीरगञ्ज महानगरपालिकाको बार्ड नम्बर ९स्थित रातो बगंलामा  हृयुम पाइपले च्यापिएर   मृत्युभएका बालकको परिवारलाई सांसद प्रदिप यावदले ५०हजार सहयोग प्रदान गर्नुभएको छ ।
सांसद यादवले  मृतक ७ बर्षिय रोहित चौधरीको जिरा भवानीपुुर गाउपालिका स्थित वार्ड नम्बर १महादेव पट्टी गाउको घरमै पुगी राहत सहयोग प्रदान गर्नुभएको हो ।
आइतवार दिउसो घरमे  पुगेर सांसद यादवले मृतक रोहित चौधरी प्रति श्रद्धान्जली व्यक्त गर्दै घटनामा सलंग्न कालिका निर्माण कम्पनिलाई जसरी पनि कार्यवाहि गराएर छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाले आफ्नो सांसदको तलब भत्ताबाट राहत सहयोग प्रदान गरेको बताउदै घटनामा घाइते बाल वालिकाहरुलाई  उपचार खर्च र क्षतिपुर्ती दिलाउन संधर्षरत रहेको बताउनु भयो ।
पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष रहेका प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा सोमबार साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरुको उपचार खर्चका लागि आर्थिक सहयोग गर्नु भएको छ ।
बिएण्डबी अस्पतालमा उपचार गराइ रहेका साही गाउका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीलाइ गत मगंलबार बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५÷२५ हजार रुपैया नगद सहयोग गर्नु भएको हो ।
यादवले उक्त रकम , बालिकाद्वयका बुबा गोविन्द चौधरीलाइ प्रदान गर्नु भएको थियो । त्यही घटनामा घाइते भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवलाइ पनि २५ हजार रुपैया पनिप्रदान गर्नभएको छ ।
दुखद घटनाले आफु स्तब्ध भएको बताउनु भएको छ । लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सनकै लापरवाहीका कारण दुखद घटना भएकाले यस्को सम्पूर्ण जिम्मेवारी कालिकाले नै लिनु पर्ने पनि उहाले बताउनु भएको छ ।
त्यहा लापरवाहीपुर्वक ह्युम पाइप थुपारेर राख्ने कालिका र ह्युम पाइप राख्न लगाउने  दुवै पक्षलाइ कार्वाही गर्न पनि सांसद यादवले स्थानीय प्रशासनलाइ निर्देशन दिनुका साथै सरकारसंग माग पनि गर्नु भएको छ ।
error: Content is protected !!