४० हजार घुस लिदै गर्दा शिक्षा समन्वय इकाई प्रमुख साह पक्राउ

वीरगंज,असोज २५ । विधालय भवन निर्माणको रकम निकासा गरि दिन ४० हजार घुस लिएको आरोपमा पर्साका शिक्षा विकाश समन्यव ईकाइ प्रमुख लालबाबु प्रसाद साह पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौडाबाट आएको टोलीले वीरगंज महानगरपालीका वडा नम्बर १४ चिनी मील अवास क्षेत्र स्थीत साहको क्वाटर बाटै उक्त रकम लिदै गर्दा पक्राउ गरेको हो ।

क्वाटरमै निर्माण समितीका पदाधीकारी लाई बोलाएर घुस बापतको रकम लिदै गर्दा अख्तियारको टोली कोठामा प्रवेश गरेपछि प्रमुख साहले पैसाको विटो मुल गेट तर्फ फालेका थिए ।

जगरनाथपुर गाउपालीका वडा नम्बर ३ मा रहेको नेपाल राष्टरीय निम्न माध्यमीक विधालयको भवन निर्माण गरिरहेको निर्माण समिती संग तेस्रो किस्ता वापतको रकम निकाशालागी ४० हजार घुस मांग गरेका थिए ।

शिक्षा विकाश समन्वय इकाई बाट विधालयको नाममा काटी सकेको चेक भुक्तानीका लागी विधाालयले बैंकमा पठाएपनि इकाइ प्रमुख साहले चेक रोक्का गराएर राखेका थिए आफुले रकम पाएपछि मात्र चेक भुक्तानी हुने बताएपछि निर्माण समितीले अख्तियारमा उजुरी गरेको थियो । साभार जनता समाचार

error: Content is protected !!