वीरगंज । पर्साको पटेर्वासुगौली गाउपालीका वडा नम्बर ४ बाट प्रहरीले स्वचालीत पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउपालीका वडा नम्बर १ बस्ने वर्ष २५ को मनोज पाशवान रहेका छन ।
चाड पर्वलाई लक्षीत गरी पर्सामा लागु भएको विशेष सुुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राईम टोलीले पटेर्वासुगौली गाउपालीका वडा नम्बर ४ फरदवा भलुवाही खोला स्थीत बाट स्वचालीत पेस्तोल सहित पाशवानलाई पक्राउ गरेको हो ।
खोला किनारमा चेकजाचका क्रममा शंकास्पद रुपमा पैदल हिडिरहेका पाशवानलाइृ रोकेर चेकजाच गर्ने क्रममा उनले पाइन्टमा लुकाई छिपाई राखेको अवस्थामा मेड इन युएस लेखिएको एक थान स्वचालीत पेस्तोल र सोमा लाग्ने म्यागजीन खाली एक थान समेत बरामद भएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो ।
पाशवानलाई थप आवश्यक अनुशनधान तथा कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखीएको प्रहरी उपरिक्षक ढकालले बताउनु भयो ।
यसमा तपाईंको प्रतिक्रिया: