प्रतीबन्धीत लागुऔषध कोरेक्स सहित साह पक्राउ

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १ श्रिसीया स्थीत बाट प्रहरीले प्रतिबन्धीत लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालीका वडा नम्बर १५ बस्ने वर्ष २४ को मुरारी साह रहेका छन ।

महानगरको साथै सिमा क्षेत्रमा एरीयाको गस्ती गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेकोे प्रहरी टोलीले नियमीत चेकजाचका क्रममा भारत बाट नेपाल तर्फ शंकास्पद रुपमा हिडदै आउदै गरेको अवस्थामा चेकजाच गर्दा साहको साथबाट प्रतीबन्धीत लागुऔषध कोरेक्स १०० एमएलको ५० बोटल र नाइटरोभ्याट टयाबलेट ९० पीस बरामद भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो ।

पक्राउ परेका साहलाई लागुऔषध शिर्षकमा मुद्धा चलाईने पर्सा प्रहरीले जनाएको छ ।

खुला सिमा नाकाको फाईदा उठाउदै लागुऔषध प्रयोग कर्ता एवम विक्रि वितरण गर्ने व्यक्तीहरु भारतीय सिमावर्ती शहर रक्शौलबाट सहजै रुपमा खरिद गरी नेपाल प्रवेश गर्ने गरेका छन ।

error: Content is protected !!