पर्सा प्रहरीको सक्रियता प्रतीबन्धीत लागु औषध सहित ३ पक्राउ

वीरगंज । पर्सा प्रहरीले प्रतीबन्धीत लागु औषध एम्पुल सहित ३ जनालाई पक्राउ गरेको छ । रक्सौलबाट वीरगंज तर्फ आउदै गरेका तिनै जनालाई नियमीत चेकजाच गर्ने क्रममा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला ललितपुर गोदावरी नगरपालीका वडा नम्बर १ बस्ने वर्ष २७ को सिदार्थ सुवेदी र सोही ठाउ बस्ने वर्ष २७ को किशोर थापा मगर को साथ बाट प्रहरीले नुर्फीन १२ पीस , डाइजोल्याब १२ पीस , फेनार्गन १२ पीस गरी जम्मा ३६ पीस लागुऔषध एम्पुल बरामद गरेको हो ।

भन्सार मुल गेट अगाडी नियमीत चेकजाचका क्रममा प्रतीबन्धीत लागु औषध सहित पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो ।

त्यसैगरी प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर १६ अस्थायी प्रहरी पोष्ट ईनर्वा गाउबाट खटेको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा जिल्ला कास्की पोखरा महानगरपालीका वडा नम्बर ३ बस्ने वर्ष ३० को सञ्जय श्रेष्ठको साथबाट प्रहरीले २ एमएलको फेनार्गन ३० पीस , नुर्फीन ३३ पीस र डाइजोल्याब ३२ पीस गरी जम्मा ९५ पीस लागु औषध एम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!