लायन्स क्लब अफ वीरगज ग्रिन क्याम्पस द्वारा निशुल्क मुटु परिक्षण शिवीर सम्पन्न

वीरगंज । विश्व मुटु रोग दिवसको अवसरमा लायन्स क्लब अफ वीरगज ग्रिन क्याम्पसले आज वीरगंजको दुई वटा विद्यालयमा निशुल्क मुटु परिक्षण शिवीर सम्पन्न गरेको छ ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानको सहयोगमा वीरगंजको रानीघाट स्थित जिवन ज्योति मावी र प्रगतिटोल स्थित सेस्मी इन्टरनेशनल स्कुलमा शिवीर सम्पन्न गरेको हो ।

परिक्षणका क्रममा जिवन ज्योति मावीका १ हजार विद्यार्थी मध्ये १३ जना र सेस्मीका ५ सय मध्ये १८ जना विद्यार्थीमा मुटु सम्वन्धि समस्या देखा परेको चिकित्सकहरुले बताएका छन् ।

शिवीरमा मुटुरोग विशेषज्ञहरु डा. राधा भट्टराई अर्याल, आनन्द झा, उदय नारायण सिंहको टोलीले परिक्षण गरेका थिए ।

शिवीरको उदघाटन कार्यक्रममा लायन्स क्लब ग्रिन क्याम्पसका अध्यक्ष रविशंकर सर्राफ, निवर्तमान अध्यक्ष रिकेश साह, लायन्स क्लबका पुर्व डिस्टीक गभर्नर आरपी खेतान, डिस्टीक एडभाइजर देव चौधरी, डिस्टिक चिफ उमेश साह कानु, एरिया चिफ राघव आचार्य, रिजन चेयर पर्सन बासु तिमल्सीना, जीवन ज्योति स्कुलका निर्देशक शिवजी गुप्ता, सेस्मि इन्टरनेशनलकी प्रिन्सििपल आश्मा सिंह यादव, क्लबका सचिव रोशन रौनियार क्लबकी डिस्टीक एडभाइजर लायन मिनाक्षी गुप्ता, जोन चेयर पर्सन चन्द्र शेखर पटेल, सदस्य प्रकाश श्रीवास्तव लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

error: Content is protected !!