बहुदरामाई नगरपालिकामा मेयरको मनोमानी, गोप्य रुपमा भाईलाई दिए नियुक्ती- वडा अध्यक्ष जितेन्द्र पटेल

बीरगन्ज । पर्साको बहुदरामाई नगरपालिकाका मेयर नितेन्द्र साहले गोप्यरुपमा आफ्नो मनोमानीगरि बजेट संचालन तथा कर्मचारी नियुक्ती गरेको खुलासा भएको छ ।

नगरपालिकाका वडा नम्बर दुईका अध्यक्ष जितेन्द्र पटेलले आज पत्रकार सम्मेलन गरेर मेयर नितेन्द्र साहले गोप्यरुपमा आफनो भाई शुनिलकुमार साहलाई कर्मचारी नियुक्त गरेको खुलाएका छन् ।

नगरपालिकाको स्वास्थ शाखा अन्तर्गत पोषणको समाजिक परिचालकमा गोप्य प्रकृयाबाट मेयर साहको काकाको छोरा शुनिल साहले नियुक्ती पाएको वडा अध्यक्ष पटेलले जनाएका छन् ।

नगरपालिकामा गएको भदौ २४ गते हाजिर भएका नया कार्यकारी अधिकृत रामकुमार कार्कीबाट गोप्य सुचना गराएर मेयर र कार्यकारीको मिलोमतोमा नियुक्ती गरिएको हो ।

पोषणको समाजिक परिचालककोलागि आहवान भएको विज्ञापन सुचना नगरपालिकाको सुचना पाटीमा केहि बेरकोलागि टासीएर गायब गरिएको र वडा कार्यालयमा किन नटासेको तथा संचार माध्यमबाटै सार्वजनिक किन नगरेको खोजिगर्दा कर्मचारीहरुले मेयरको निर्देशन अनुसार भएको जवाफ दिएका छन् ।

यता नगरपालिकाका कार्यकारी अधिकृत कार्कीले आफु हाजिर भएकै दिन सुचना जारी गरि स्वास्थ संयोजकलाई दिएको र त्यसपछि सार्वजनिक भयो भएन भने विषयमा आफुलाई जानकारी नभएको बताएका छन् ।

स्वास्थ संयोजक बिदुर उप्रेतीले पत्रिकामा प्रकाशन वापत धेरै रकम मांग गरेकोले नछापेको प्रतिकृया दिएका छन् । उनले नगरपालिका र जिल्ला समन्यवय समितीमा सुचना टास गरेको बताए ।

नगरपालिका भित्रको वडा कार्यालयहरुमा सुचना किन भएन भने प्रशनमा उप्रेतीले दिए पनि हुन्थियो र नदिए पनि खासै फरक नपर्ने प्रतिकृया दिएका हुन् । कर्मचारीहरुले नियुक्ती प्रक्रियामा रहेको संचारकर्मीलाई प्रतिक्रिया दिएका छन । तर एक साता अगाडी नै असोज ३ गते संविधान दिवसको सार्वजनिक विदाकै दिन भर्ना प्रक्रियाको नतिजा प्रकाशन गरी सकीएको छ ।

बहुदरामाई नगरपालिकामा हाल सम्म गएको वर्षको हरहिसाब सार्वजनिक नभएको र पटक पटक सार्वजनिक गर्न मांग गर्दापनि मेयरले बहुमतको बलमा वेवास्ता गर्दै आएको पटेलले आरोप लगाए ।

मेयरको पार्टी नेपाली कांग्रेसबाटै वडा नम्बर दुईमा निर्वाचित तिनजना वडा सदस्यले वडा कार्यालयको लेटरपैडमा गोप्यरुपमा आफना आसेपासेलाई उपभोक्ता समिती अध्यक्ष सिफरिश गरेर विधालय मर्मतको योजनामा अनियमितता गरेको पटेलले पत्रकार सम्मेलनमा बताउनु भयो ।

विना अनुगमन कमशल निर्माणको पनि भुगतानी भएकोले आफुले छानबीनको मांग गरेको उनले बताए । गतवर्षको आयव्यय सार्वजनिक नगरे सम्म अगामी वर्षको परिषद हुन नदिने र भएको अनियमित्ताका विरुद्ध गाउ गाउमा बजेट पर्दाफास कार्यक्रम चलाएर आम जनतालाई यसबारे जानकारी गराउने उनले बताए ।

७ दिनमा एक पटक नगरपालिकामा आउने मेयर नितेन्द्र साहको महिनामा १ लाखको तेल र ९० हजार गाडी भाडामा खर्च हुने गरेको छ । आफुहरुले गाडी सम्भौता भएको कागज तथा तेलमा भएको भुगतानीको विवरण मांगदा नगरपालिकाले उपल्बद्ध नगराएको वडा अध्यक्षले जनाएका छन् ।

error: Content is protected !!