प्रेस युनियन पर्साको अध्यक्षमा कुर्मी चयन

विरगंज । नेपाल प्रेस युनियन पर्सा शाखाको नवौ जिल्ला अधिवेशनले रामनारायण कुर्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध रुपमा चयन गरेको छ ।

रेडियो विरगंज संग आवद्ध कुर्मी दोश्रो कार्यकालका लागि पुनः निर्विरोध रुपमा चयन हुनु भएको हो । त्यसैगरी उपाध्यक्षमा विजय चौहान, शेखर छतकुली लाई निर्विरोध निर्वा्चित गरेको छ भने सचिवमा लालकिशोर सिंह, सहसचिवमा रेडियो वीरगंजकी सिमा श्रीवास्तवलाई चयन गरीएको छ ।

त्यसैगरी सदस्यहरुमा राहुल गुप्ता, जंगबहादुर पटेल, सन्तोष रन्जीतकार, दिपेन्द्र गिरी, अमित वर्णवाल, प्रणय साह, मनोज महतो, विश्वास रन्जन द्विवेदी, सोनालाल चौरसियालाई निर्विरोध रुपमा चयन गरेको छ ।

त्यसैगरी प्रदेश पार्षद तर्फ सिमा श्रीवास्तव, रितेश त्रिपाठी, उदय दास, राम सर्राफ, महमद सदाव सहित १८ जना चयन भएका छन भने केन्द्रिय पार्षद तर्फ कन्हैया केशरी, दिपेन्द्र चौहान, अशोक तिवारी, निलिमा पौडेल सहित १३ जना चयन भएका छन् ।

error: Content is protected !!