प्रेस प्रतिको विभेद र नियन्त्रणका बिरुद्धमा कांग्रेस कडा रुपमा प्रस्तुत हुने -नेता रिजाल

बीरगंज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले प्रेसप्रति गरिने विभेद र नियन्त्रणका बिरुद्धमा नेपाली कांग्रेस चुप लागेर नबस्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन पर्सा शाखाको नवौ जिल्ला अधिबेशनको आज एक समारोहका विच वीरगंजमा उद्घाटन गर्दै नेता रिजालले वर्तमान सरकारले दुई तिहाईको दम्भमा प्रेस माथि नियन्त्रण गर्न खोजेको आरोप लगाउनु भयो ।

कार्यक्रममा काग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले सरकार शान्ती सुरक्षा कायम गर्न पुर्णरुपमा असफल भएको बताउदै सरकारको गलत कदमको विरुद्ध खुलेरै कलम चलाउन पत्रकारलाई आग्रह गर्नु भयो ।

सो अवसरमा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले फेसबुकमा समाचार सेयर गरेकै भरमा जनकपुरकी एक महिला कर्मचारीको अदालतले जागिर खानु दुर्भाग्यपूर्ण विषय भएको बताउदै स्वतन्त्र प्रेस र न्यायलयप्रति सरकार जाई लागेको हुँदा अब संचारकर्मीले स्वतन्त्र प्रेस र न्यायको लागि लडनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस युनियनसंग आवद्ध ८ जना पर्सेली पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा वीरगज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी, उपप्रमुख शान्ति कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, प्रदेश सभासद ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदी, पूर्व सभापति एवं सांसद राजेन्द्र बहादुर अमात्य, तत्कालिन जिल्ला विकास समितीका पुर्व सभापति जनार्दन सिंह क्षेत्री, पत्रकार महासंघ प्रदेश नम्बर २ का संयोजक दिपेन्द्र चौहान, पे्रस युनियनकी केन्द्रिय उपाध्यक्ष बाला अधिकारी, महासचिव अजय बाबु सिवाकोटी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

error: Content is protected !!