मुल्य वृद्धि विरुद्ध नेवी संघद्वारा ठाकुरराम अगाडी चक्का जाम तथा प्रदर्शन

वीरगंज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरूद्द वीरगंजमा प्रदर्शन गरेको छ ।

नेविसंघले मूल्यवृद्धि र चाडवाडको बेला भएको गाडी भाडावृद्धि फिर्ता माग गर्दै सोमबार वीरगंज स्थीत ठाकुरराम बहुमुखी क्याम्पस अगाडी प्रर्दशन गरेको हो ।

ठाकुरराम बहुमुखी क्याम्पस नेवी संघको ईकाइ अध्यक्ष मनोज साहको नेतृत्वमा रहेका विद्यार्थीहरुले भाडा फिर्ता, बलात्कारीलाई कारवाही तथा बढ्दो महँगी नियन्त्रण हुनुपर्ने माग गर्दै १ घण्टा चक्का जाम गर्दै क्याम्पस अगाडि सरकार विरुद्ध प्रदर्शन तथा नारावाजी समेत गरेका थिए ।

नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष मनोज साहले मूल्यवृद्धि फिर्ता र महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।

error: Content is protected !!