बहुदरामाई नगरपालिका विरुद्ध स्थानियको प्रदर्शन, आय व्यय सार्वजनिक गर्न मांग !

बीरगन्ज, असोज ६ गते । पर्साको बहुदरामाई नगरपालिकाको वडा नम्बर २ मा आज स्थानिय वासीन्दाले नगरपालिका विरुद्ध प्रदर्शन गरेका छन् ।

बहुदरामाई नगरपालिकामा टेण्डर भएको करौडोको योजना अलपत्र रहेको तथा जन्मदर्ता मृत्यु दर्ता लगायतका विभिन्न सिफारिसमा चर्को शुल्क निर्धाण भएको विरुद्धमा आज स्थानियले प्रर्दशन गरेका छन् ।

वडा नम्बर दुईका अध्यक्ष जितेन्द्र पटेलको अगुवाईमा स्थानियले गतवर्षको आय व्यव सार्वजनिक गर, रोकिएको विकाश निर्माणका काम पुरा गर , कर बृद्धी फिर्ता गर लगायतका विभिन्न नारा अंकित प्ले कार्ड बोकेर नारा बाजी गरेका थिए ।

नगरपालिकामा विभिन्न राजनैतिक अवरोधका कारण ६ महिनामा तीन जना कार्यकारी अधिकृतको सरुवा भइसकेको र कर्मचारी नै नबस्ने अवस्थाका कारण विकाश निर्माण प्रभावित बनेको वडा अध्यक्ष जितेन्द्र पटेलले बताउनु भयो ।

गतवर्ष काम नभएर अधिकांश रकम नगरपालिका कै संचित कोषमा रहेको तथा भएको काम तथा खर्चलाई हाल सम्म पारदर्शी नगरेको कारण दोश्रो परिषदपनि हुन नसकेको पटेलले बताउनु भयो । आय व्यय सार्वजनिक नभए सम्म परिषद हुन नदिने पटेलले चेतावनी दिनु भयो ।

यता नगर प्रमुख नितेन्द्र साहले नगर कार्यापालिकाले जन्ताको मनोभावना अनुसार अगाडी बढेको र गत बर्ष विभिन्न परिस्थिति र अवरोधका कारण १५ देखी २० प्रतिशत काम मात्र हुन सकेको प्रतिकृया दिनु भयो ।

मेयर साहले आफु स्थानियको समस्या र चाहनाका विषयमा सम्वेदनशिल रहेको र कसैको व्यक्तिगत स्वार्थमा काम नगर्ने बताएका छन् ।

error: Content is protected !!