वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १ छपकैयाबाट प्रहरीले ठुलो मात्रामा कालो मरिच बरामद गरेको छ ।
विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपाली सिमानाका हुदै भारत तर्फ तस्करी गर्न लागीएको १४ सय किल्लो कालो मरिच बरामद गरेको हो ।
विहिबार रातीको समयमा अवैधरुपमा साईकलमा बोरा लोड गरी भारत तर्फ गईरहेको व्यक्तीहरुलाई साइकल रोक्ने प्रयास गर्दा साइकल छोडेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त ठाउबाट तस्करी गर्न लागीएको १४ वटा साईकल सहित १४ सय किलो मरिच समेत बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । तेस्रो मुलुकबाट आयात हुने मरिच खुला सिमानाकाको फाईदा उठाउदै तस्करहरुले भारत तर्फ तस्करी गर्ने गरेका छन ।
भारतले आफनै देशमा उत्पादीत मरिचको बाजारलाई स्थापीत गर्ने निति अनुरुप अन्य मुलुकबाट मरिच आयातमा प्रतिबन्ध लगाएकोले तेस्रो मुलुकबाट नेपाल आयात गरिएको मरिच भारतमा नेपालको भन्दा दोब्बर मुल्यमा विक्रीहुने गरेको छ ।
यसमा तपाईंको प्रतिक्रिया: