घुस लिएको आरोपमा शिक्षा समन्यवय इकाई प्रमुख सहित ३ पक्राउ

वीरगंज,असोज ०४ । निजी विधालय संचालनको अनुमती दिन १ लाख घुस मागेको आरोपमा बीरगन्ज महानगरपालिकाबाट तीन जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौडाको टोलीले बीरगन्ज महानगर शिक्षा समन्यवय इकाई प्रमुख मञ्जुर आलम ,शाखा अधिकृत शशीभुषण साह र साहका भान्जा अरुण साहलाई पक्राउ गरेको हो ।

बीरगन्ज महानगर १४ निवासी जावेद एकबाल हैदरको उजुरीको अधारमा अख्तियार टोलीले हैदर संग समन्यवयगरि घुस रकम दिदै गर्दा उनीहरु पक्राउ गरेको छ ।

बीरगन्ज वडा नमबर ६ लाठ गल्लीमा रहेको विस्मील्लाह होटलमा घुसको रकम बुझन आएका अरुण साहलाई नियंत्रणमा लिएपछि साहको बयानको अधारमा मञ्जुर र शशीभुषण पक्राउ परेका थिए ।

आफनो मामा पर्ने शशीभुषण साहले आफुलाई होटलबाट रकम लिन पठाएको अरुणले बताएका छन् ।बीरगन्ज महानगर १४ मा आवश्यक पूर्वाधार तयारगरि विधालय संचालनकोलागि अनुमती मांगदा मञ्जुर र शशी भुषणले घुस मागेपछि हैदरले अख्तियारमा उजुरी गरेका थिए ।

error: Content is protected !!