संवैधानिक त्रुटीलाई सच्चयाउन शान्तिपूर्ण संघर्ष गर्ने -राजपा अध्यक्ष ठाकुर

बीरगन्ज, असोज ४ गते । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सिके राउतलाई विखण्डनको बाटो छाडन आहवान गर्नु भएको छ । मधेशलाई अलग देश होइन की देश भित्रको मधेशको कलपना गरि संघर्ष गर्न ठाकुरले आग्रह समेत गर्नु भयो ।

आज बीरगन्जमा सम्पन्न पत्रकार सम्मेलनमा राजपा अध्यक्ष ठाकुरले सिके राउत संग पटक पटकको भेटमा आफुले विखण्डनको बाटो छाड्न आग्रह गरिसकेको समेत बताउनु भयो ।

मधेश प्रति रहेको विभेद तथा संवैधानिक त्रृटीलाई सच्चयाउन लक्ष्यलएिर शान्तिपूर्ण संघर्ष गर्ने ठाकुरले बताउनु भयो । त्यसकालागि पुन. चैतदेखी सडक संघर्ष गर्न सकिने उहाले संकेत गर्नु भयो ।

राजपाले ब्लैक आउट मनायो फोरमले मनाएन् भन्ने प्रश्नमा ठाकुरले राजपा फोरम भन्दा फरक रहेको बताउनु भयो । विगतका ४ जना प्रधानमन्त्रीले पटक पटक गरेको सम्झौता कार्यन्यवन नभई अहिलेपनि रेशम चौधरी लगायत सयौ कार्यकर्ता नेता लाई राज्यले मुद्धा फसाएको बताउनु भयो ।

विभिन्न पार्टी एकिकरण भएर राजपा घोषणा भएको दिनलाई पारेर राजपा नेपालको अधिवेशन गर्ने तयारी भइरहेको ठाकुरले बताउनु भयो ।पत्रकार सम्मेलनमा प्रदेश सांसद रमेश कुर्मी,राजपाका नेताहरु राजेशमान सिंह,नेजामुदिन सम्मानी लगाएतको उपस्थीती रहेको थियो ।

error: Content is protected !!