मधेशको मांग सम्बोधन गराउन सिंहदरबार संग सघर्ष जारी राख्नु पर्छ -वक्ताहरु

बीरगन्ज,असोज ०३ । बीरगन्जमा आज देखि नेपालको संविधान २०७२ मा जनताको अवधारणका बारेमा राष्ट्रिय बहस तथा मन्थन सुरु भएको छ ।

संविधान दिवसको अवसर पारेर बीरगन्जको नगर सभागृहमा सुरु भएको बहसमा मधेश मामिलाका जानकार, मधेसवादी दलका नेता , आन्दोलनका घाइते , शहिद परिवार तथा अगुवाई गर्ने संस्था व्यक्तिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा अधिकांश वक्ताले संविधानमा मधेशका असन्तुष्टीलाई नसमेटिएको आरोप लगाउनु भयो । मधेश आन्दोलनको मांग र मधेशका मुद्धा अहिलेपनी संविधानमा समावेश नभएकोले संविधान अधुरो रहेको राजपाका अध्यक्ष महन्थ ठाकुरले बताउनु भयो ।

कार्यक्ममा सहभागी भएका लेखक सिके लाल, खगेन्द्र संग्रौला, दमननाथ ढुंगाना लगायतका वक्ताहरु मधेशको मांग सम्बोधनमा सिंहदरबारले इमानदारी भुमिका निर्वाह नगरेको बताउनु भयो ।

सिंहदरवार संग संघर्ष जारी राखने सुझाव दिदै वक्ताहरु सिंहदरवार संगको रिसका कारण दिल्ली संग नजिक पनि नहुन सुझाव वक्ताहरुको थियो । कार्यक्रममा सांसद प्रदिप यादवले फोरम नेपाल सतामा सहभागी रहेपनि संघर्षबाट टाढा नभएको बताउनु भयो ।

संविधानमा त्रुटी रहेको औल्याउदै सांसद यादवले संविधान मानेर नै अहिले सरकारमा गएकोले अहिले विरोध गर्ने नगर्ने असमञ्जसमा संघिय समाजवादी फोरम रहेको बताउनु भयो ।

कार्यक्ममा मधेश आन्दोलनका घाइतेहरुले मधेशवादी दलहरु सतामा पुगेरपनि आफुहरुलाई संरक्षण नगरेको र आन्दोलनमा लडने भन्दापनि पैसावालालाई टिकट वितरण गरेको आरोप लगाएका छन् । सानो पाइलाले आयोजना गरेको बहस तथा मनथन कार्यक्म भोली सम्म चलने छ ।

error: Content is protected !!