असोज ३ लाई कुनै पनि हालतमा खुशीयाली दिवस मनाउन सकिदैन -राजपा अध्यक्ष ठाकुर

बीरगन्ज,असोज ०३ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशको मांग संबोधन नभए सम्म हाम्रो संघर्ष जारी रहने बताउनु भएको छ ।

राजपा नेपालले संविधान बनेको आजको दिनलाई कालो दिनको रुपमा मनाउन आवहान गर्दै आयोजना गरेको विरोध सभालाई संबोधन गर्दै अध्यक्ष ठाकुरले आजकै दिन निहत्ता मधेशी माथी राज्यले गोली बर्साएर बनाएको संविधान दिवसलाई कुनै पनि हालतमा खुशीयाली मनाउन नसकिने बताउनु भयो ।

हाम्रो संघर्ष अझै पनि छोडेका छैनौ मधेशको मुद्धा सम्बोधन नभए सम्म संघर्ष जारी राख्ने बताउनु भयो ।

मधेश आन्दोलनको मांग र मधेशका मुद्धा अहिलेपनी संविधानमा समावेश नभएकोले संविधान संसोधन गरेर मधेशको मांग सम्बोधन नगरे सम्म हाम्रो आन्दोलन जारी रहने बताउनु भयो ।

विरोध सभामा राजपा नेपालका सह अध्यक्ष लक्षमणलाल कर्ण,संघिय सांसद एकबाल मिया,प्रदेश सांसद रमेश कुर्र्मी,केन्द्रिय नेताहरु राजेशमान सिंह,नेजामुदीन सम्मानी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

error: Content is protected !!