चित्रगुप्त धर्मशाला निर्माणकालागि ओप्रकाश शर्मा द्धारा ५ लाख सहयोग

बीरगञ्ज, असोज २ गते । प्रदेशसभा सांसद एवं वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले श्री चित्रगुप्त सेवा समितिको धर्मशाला निर्माणका लागि व्यक्तिगत तर्फबाट रु ५ लाखको सहयोग गर्नु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया शिशोबारी निर्माण हुन लागेको धर्मशालाको निर्माणकालागि शर्माले आज एक कार्यक्रमको बीच धर्मशाला निर्माण समिती अध्यक्ष प्रभुनारायण कर्णलाई ५ लाखको चेक हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया, नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय द्धिवेदी, बीरगन्ज महानगरपालिका वार्ड न १ का अध्यक्ष मनोज गुप्ता, वरिष्ठ पत्रकार महेश दासले धर्मशाला निर्माण कार्यमा सहयोग पुर्याउनु भएकोमा शर्माको प्रशंसा गर्दै समाजिक कार्यमा सबैजनाले साथ र सहयोग दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष ब्रह्मदेव लाल दासको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कमलनारायण कर्णले स्वागत मन्तब्य गर्नुभएको थियो ।

छपकैया शिशोबारी मा २२ धुर जग्गा खरिद गरी धर्मशाला निर्माण हुने सो निर्माण को लागि जनस्तरबाट एवं विभिन्न दाताहरुबाट सहयोग संकलन गरिने र दुई वर्षभित्रै धर्मशालाको निर्माण गरिने समितिका कोषाध्यक्ष दिलिप कर्णले जानकारी दिनुभयो ।

error: Content is protected !!