नेपाल जब सम्म पुनः हिन्दू रास्ट्र हुदैन तब सम्म बिकास र समृद्ध हुन सक्दैन-अध्यक्ष पटेल

बिरगंज २९ भदौ हिन्दू परिसद नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेलले नेपाल जब सम्म पुनः हिन्दू रास्ट्र हुदैन तब सम्म बिकास र समृद्ध हुन सक्दैन।

सम्पूर्ण नेपालीहरु मिली हिन्दू रास्ट्र बनाउनमा आ-आफ्नो तर्फ बाट योगदान गरौ भन्ने कुरामा बिशेष जोड़ दिएका थिए।

बिरगंजको गोपाल मण्डलीमा भएको महानगर कमिटि गठन कार्यक्रम लाई सम्बोधन गर्दै पटेलले नेपाली हरुको सुख,शान्ति, समृद्धि एवं विस्व सामु आफ्नो स्वभिमान स्थापीत गराउन नेपाल लाई हिन्दू रास्ट्र बनाऊ र एस महाअभियानमा लागन सम्पूर्ण हिन्दू हरु संग आग्रह र अनुरोध गरेका थिए।

हिन्दू परिसद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र बाबाको सभापतित्वमा सम्पन भेलाले १३ सदस्यीय नगर कमिटि गठन गरेको थियो।नगर अध्यक्ष ऋषिकेश पटेल,उपाध्यक्ष श्रीराम प्रसाद,सचिव दिनेश कुमार,सह-सचिव श्रवण साह,कोषाध्यक्ष सुदामा साह, सदस्य हरुमा नीरज पटेल,दिलीप पटेल,किशन कुमार,मेघराज सहनी, राहुल पटेल,संदीप श्रीवास्तव, दीपेन्द्र राउत,भुनेश्वर प्रसाद रहेका छन।

कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, सचिव सुरेश साह कानू, कोषाध्यक्ष संजय सरार्फ,प्रबक्ता श्रीराम उपाध्याय, केन्द्रिय सदस्य हरु चितरंजन श्रीवास्तव, रामेस्वर कलवार,प्रदेश न. २ का अध्यक्ष सचितानंद दुबे,महासचिव प्रमोद सिंह,सचिव संदीप साह कानू, बुद्धिजीवी परिसद अध्यक्ष साहेब ठाकुर,हिन्दू बिद्यार्थी परिसद पर्सा जिल्ला अध्यक्ष शिवानी श्रीवास्तव, युवा परिसद पर्सा जिल्ला अध्यक्ष अखिलेश साह, युवा परिसद बिरगंज नगर अध्यक्ष रंजीत चौरसियाले शुभ-कामना मंतव्य वयक्त गरेका थिए।साथै हिन्दू युवा परिसदको केन्द्रिय प्रबक्तामा दीपक साह कानू लाई चयन एवं हिन्दूवादी युवा अगुवा संतोष गुप्ता र जितेन्द्र कुर्मी लाई सम्मान गरिएको थियो।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!