सिर्सिया सुख्खा बन्दरगाहको गोदाममा चोरी, ३ जना पक्राउ

बीरगन्ज – बीरगन्जको सिर्सिया स्थित सुख्खा बन्दरगाहको गोदाममा चोरी भएको छ । तेश्रो मुलुकबाट आयात भएर जांचपासको लागि सुख्खा बन्दरगाहको गोदाममा राखिएको जोनिवाकर ब्रान्डको ब्लैक लेबल मदिरा तथा कम्पयुटर पार्टस चोरी भएको हो ।

भाद्र २० गते गोदामबाट २४ बोटल बलैक लेबल रक्सी तथा एक थान कम्पयुटर सिपियु चोरी भएको सुख्खा बन्दरगाह संचालन कम्पनी हिमालयन टर्मिनलका सिइओ विष्णुकान्त चौधरीले बताउनु भयो ।

सुख्खा बन्दरगाह व्यवस्थापनको उजुरीको अधारमा पर्सा प्रहरीले तीन जना चोरलाई पक्राउ गरेको छ । चोरी गरेको आरोपमा प्रहरीले सुख्खाबन्दरगाह छेउमै रहेको बीरगन्ज महानगर २५ सिर्सिया निवासी जयदत्त साह, रमेश साह र नन्दु सहनी मलाहलाई पक्राउ गरेको हो ।

उनीहरुको ब्यानको अधारमा प्रहरीले १८ बोतल ब्लैक लेबल रक्शी र कम्पयुटरको सिपियू बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ । यस अघिपनि गत वर्षको फागुन महिनामा सुख्खा बन्दरगाहको गोदामबाट एलइडी टिभी चोरी भएको थियो ।

पटक पटक गोदामबाट चोरीको घटना हुन थालेपछि बनदरगाह भित्र रहेको आन्तरिक तथा बाहरी सुरक्षा सुरक्षाकर्मी नै शंकाको घेरामा आउने गरेका छन् ।

विगतमा भएका चोरीको घटनाको रहस्य बाहिर आएको थिएन तर अहिले भएको चोरी घटनामा संल्गनहरुको पहिचान अनुसंधानबाट खुलेको र बन्दरगाह भित्रकै केहि व्यक्तिहरुको पनि मिलोमतो रहेको हिमालयन टर्मिनलले जनाएको छ ।

प्रहरी अनुसंधानबाट चोरीमा संल्गन देखिएकाहरु लाई बन्दरगाह भित्र प्रवेश निषेध गर्ने समेत व्यस्थापन कम्पनीका सिइओ चौधरीले बताउनु भयो ।

अहिले बन्दरगाहको आन्तरिक सुरक्षा , संचालक कम्पनीका प्रतिनिधी तथा भंसार कर्मचारीको प्रतिनिधीको रोहबरमा माल समान बुझने गरिएको छ ।

error: Content is protected !!