अबैध वितिय कारोबार गर्ने ५ जना पक्राउ, ५४ लाख बरामद

बीरगन्ज, भदौ १८ । बीरगन्जमा अबैध वितिय कारोबार (हुण्डी) संचालन गरेको आरोपमा दुई भारतिय सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको बिन्दवासनी गाउपालिका ५ प्रर्सानी निवासी पवनकुमार गुप्ता, बीरगन्ज महानगर जेलरोड निवासी अजय मानन्धर , बाराको सिर्मौनगढ नगरपालिका वडा नम्बर १ खजानी निवासी अजय जैसवाल , सिमावर्ती विहारको मोतिहारी चम्पापुर निवास साबिर मियां , रक्सौल निवासी अशोक श्रीवास्तव पक्राउ परेका हुन ।

उनीहरुको साथबाट ५४ लाख ९६ हजार नगद चार थान मोबाइल, डायरी र अन्य कागजात बरामद भएको पर्सा प्रहरी प्रवक्ता सत्यनरायण थापाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनगरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । बीरगन्जको रानीघाट, विर्ता र घडिअर्वा क्षेत्रमा छापामारी गरि हिजो साझ हुण्डी कारोबार गर्ने हरुलाई नियंत्रणमा लिएको थियो ।

पक्राउ परेकाहरुलाई थप अनुसंधानका लागि राजश्व अनुसंधान विभाग हरिहर भवन पुलचौक ललितपुर पढाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वितेको १० महिनामा बीरगन्जबाट १२ जना हुण्डी कारोबारी पक्राउ परिसकेका छन् । बैंकिङ्ग पकृयामा नगई एक समुह वा व्यक्तिले अर्कोेलाई भुगतानी पठाउनलाई डुण्डी भनिन्छ ।

दुई देश बीच अबैधरुपमा हुने निकासी पैठारीको भुगतानी हुण्डी मार्फत नै हुुने गरेको छ । खासगरि सिमावर्ती क्षेत्रमा चोरी तस्करी गरि हुने सुन, मरिच , दालको अबैध कारोबारमा हुण्डीको प्रयोग बढी हुने गरेको छ । बीरगन्जबाट बंग्लादेश, भारतमा बढी हुण्डी हुने गरेको छ ।

error: Content is protected !!