नेविसंघ पर्सामा गुटको राजनिती, चुनावमा फोरम अहिले नेविसंघ, गजबको नियती

वीरगंज,१७ भदौ । नेपाल विधार्थी संघ पर्सामा गुटगत अधारमा जिम्मेवारी तोकिएको कारण विवाद श्रृजना भएको छ । ने.वि.संघ पर्साको जिल्ला अधिवेशनको तैयारीको क्रममा विधालय तथा क्षेत्रिय समितीको अधिवेशन सम्पन भएपछि असंतुष्ट पक्षले नेविसंघको गतिविधीहरु विधान विपरित रहेको आरोप लगाएको छ ।

आइतवार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गरेर असंतुष्ट पक्षले दिलिप कार्की समुहले संगठनको विधान विपरित अधिवेशनहरु गरेको आरोप लगाएका हुन ।

विगतमा चार गुटमा विभाजित नेविसंघको एक समुहका अध्यक्ष संतोष गुप्ता समुहले पत्रकार सम्मेलनगरि नेविसंघका नाममा भएका कार्यक्रमहरु संगठनको विधान विपरित भएको बताएको छ ।

आफुहरुलाई पेलेर कार्की समुहले एकलौटी गरेको असंतुष्ट पक्षको आरोप छ । असंतुष्ट पक्षमा संतोष गुप्ता, पूर्व अध्यक्ष मनोज यादव , नेपाली कांग्रेसको बीरगन्ज महानगर सचिव संतोष सिंह, सुनिल सर्राफ लगायतका विधार्थी नेताहरु रहेका छन् ।

नेविसंघको केन्द्रिय अध्यक्ष नैन सिंह महर र उपाध्यक्ष नविन राईले छुटाछुटै दुई जनालाई ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितीको अध्यक्षको जिम्मेवारी दिएपछि नेविसंघ पर्साको विवाद पुन. चर्किएको छ ।

केन्द्रिय अध्यक्ष महरले मनोज साह र उपाध्यक्ष राईले सुनिल सरार्फलाई ठाकुरराम इकाई अध्यक्षको जिम्मेवारी तोकिए पछि अहिले विवाद बाहिर आएको हो ।

केन्द्रिय उपाध्यक्ष राईले जिम्मेवारी तोकेका सुनिल सर्राफ स्थानिय निर्वाचनका क्रममा संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । निर्वाचनको क्रममा नेविसंघ छाडेर फोरम भएका सुनिललाई केन्द्रिय उपाध्यक्षले ठाकुरराम इकाई अध्यक्षको जिमेवारी कसरी दिएभन्ने आश्चर्य नेविसंघ समर्थीत विधार्थीहरुले व्यक्त गरेका छन् ।

यता नेविसंघ पर्साका पूर्व अध्यक्ष मनोज यादव र काग्रेसको बीरगन्ज महानगर सचिव संतोष सिंहले शुनिल फोरममा गएर फेरि फर्किसकेको दाबी गरिरहेका छन् ।

चुनावमा अन्य पार्टी भएका तर अहिले कांग्रेस मै रहेका नेवि संघमा मात्र नभई काग्रेस पार्टी भित्र पनि यस्ता कयौ उदाहरणहरु रहेको संतोष सिंहले पत्रकार सम्मेलनमा बताउनु भयो ।

पर्साको विवाद साम्य बनाउन ३ महिना भित्र अधिवेशन गर्नु पर्ने जिम्मेवारी सहित दिलिप कार्कीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको थियो । सोही अनुरुप नेविसंघको विभिन्न इकाईको अधिवेशन जारी रहेको संस्थापन पक्षले जनाएको छ ।

विवाद खडा गर्नुको कुनै औचित्य नरहेको कार्की समुहले समाजिक संजालहरुमा आफनो धारणा सार्वजनिक गरेका छन् । नेविसंघ भित्रको गुटगत विवादको सार्वजनिक संजालमा पनि दोहरो प्रहार चली रहेको छ ।

error: Content is protected !!