‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको औपचारिक शुभारम्भ

जनकपुरधाम, भदौ १५ । प्रदेश नं. २ मा संचालित मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानको आज एक समारोहका बीच औपचारिक शुभारम्भ गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भएको हो ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेश सभा सदस्य सहितको उपस्थितिमा भएको शुभारम्भ समारोहमा मुख्यमन्त्री राउतले यो कार्यक्रममा मुख्यमन्त्रीको नाउँ जोडिएपनि कार्यक्रममा सबैको सक्रिए सहभागिता आवश्यक रहेको बताउनु भयो ।

उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्नु हुँदै समाजिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले बेटी पढाउ बेटी बचाउ कार्यक्रमको सबै तिरबाट साकारात्मक प्रतिक्रिया आइ रहेको बताउनु हुँदै, सबैको सहयोगले कार्यक्रम उचाईमा पुग्ने उल्लेख गर्नु भयो ।

error: Content is protected !!