पत्रकार माथी अंकुश लगाउने अपराध संहिता ल्याएर मुलुकमा मनलाग्दो गर्न खोजियो -व्क्ताहरु

बीरगन्ज, भाद्र १२ गते । मुलकी अपराध संहिता लागुगरि सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने प्रयत्न गरेको वीरगंजमा आयोजीत एक अन्तक्रिया कार्यक्रममा सहभागी पत्रकार अगुवाहरुले आरोप लगाएका छन ।

मंगलबार नेपाल पत्रकार महासंघ पर्साको आयोजनमा भएको मुलकी अपराध संहिता तथा प्रेस स्तन्त्रता विषयक अन्तकृया कार्यक्रमका वक्ताहरुले सरकारले प्रेसलाई नियंत्रणमा राख्न खोजेको आरोप लगाए ।

अपराध संहिताले खोज पत्रकारितालाई निरुतसाहित गरेर मुलुकमा मनलाग्दो गर्न खोजिएको वक्ताहरुको गुनासो थियो । पत्रकारले स्वतन्त्र रुपमा लेख्न र अनुसंधनात्मक समाचारले गलत प्रवृती माथी प्रहार गर्न पाउनु पर्ने पत्रकारहरुले मांग गरेका छन् ।

पत्रकारले के गर्नु हुने र के गर्न नहुने भन्ने सवालमा आफैले अंचार संहिता बनाएको र अचार संहिता पालनामा सरकारले कडाई गर्नु पर्नेमा प्रेसलाई नियंत्रण नै गरेको बक्ताहरुले बताउनु भयो ।

वर्तमान दुई तिहाईको सरकारले प्रेसलाई नियंत्रणमा राख्न खोजेकोले बर्तमान कानुनलाई अविलम्ब खारेज गर्न नेपाल पत्रकार महासंघले मांग गरेको छ ।

महासंघले घोषणा गरेको विरोधका कार्यक्रमलाई एकजुट भएर सघाउन सबै पत्रकारहरुलाई पत्रकार महासंघले आग्रह समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा भएको अन्तकृयामा पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान , पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, प्रदेश सदस्य जगत राई ,प्रेस युनियनका शेखर छतकुली , संघिय प्रेस फोरमका पर्सा अध्यक्ष आर.के. पटेल, लगायतकाले मर्यादितरुपमा स्वतन्त्र पत्रकारित गर्न पाउनु पर्ने बताउनु भयो ।

कार्यक्रमको संचालन महासंघका सचिव युवराज खड्काले गर्नु भएको थियो ।

error: Content is protected !!