नेविसंघ ठाकुररामको इकाइ अध्यक्षमा मनोज साह मनोनित

वीरगंज । नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको क्याम्पस इकाइ अध्यक्षमा मनोज कुमार साह मनोनित भएका छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष नैन सिंह महरले साहलाई ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको क्याम्पस इकाइ अध्यक्षमा मनोनित गरेका हुन् ।

नेविसंघको संशोधित विधान २०७३ बमोजिम साहलाई क्याम्पस इकाइ अध्यक्षमा मनोनित गरिएको पत्रमा उल्लेख छ ।

संगठनले आफूलाई दिएको जिम्मेवारीबाट उत्साहित बनेका साहले निष्ठापूर्वक दायित्व बहन गर्ने र लोकतन्त्रको पक्षमा सधैं लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

error: Content is protected !!