Modern technology gives us many things.

बिन्दबासिनी गाउँपालिकाको ११ औं गाउँसभा र नीति तथा कार्यक्रम सम्पन्न

वीरगञ्ज,९ असार। पर्साको बिन्दबासिनी गाउँपालिकाको आज ११ औं गाउँसभा तथा २०७८÷७९ को नीति तथा कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको ११ औं गाउँसभामाबाट आगामी आर्थिक बर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । यस वर्षको नीति तथा कार्यक्रममा कृषि, , शिक्षा, स्वास्थ्य, लगाएतका कार्यक्रमहरु समेटेको छ ।

सभाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले आजको यस सभालाई सफल बनाई दिएकोमा सबै जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी लगायतलाई धन्यवाद दिनुभएको थियो ।

उनले यस वर्षको नीति तथा कार्यक्रमलाई सबै मिलेर सतप्रतिशत पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यसैगरी गाउँपालिकाका प्रशासकीय अधिकृत राजु साहले कार्यक्रममा आएको सलाह, सुझावलाई समेटेर गाउपलिकलाई सबै भन्दा उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा गाउँपालिका वडा नं १ का वडाध्यक्ष अक्षयलाल महतो , वडा नं २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी , वडा नं ३ का वडाध्यक्ष जय प्रकाश चौरसिया , वडा नं ४ का वडाध्यक्ष अनोज चौरसिया , वडा नं ५ का वडाध्यक्ष मोहन राउत अहीर र कार्यपालिका सदस्य मान्ती देवी , कुसमी कुमारी देवी , धनपति तत्मीन , रिमा कुमारी देवी , अशोक कुमार गुप्ता , शम्भु प्रसाद बरै , वडा सदस्यहरु, कर्मचारी लगायतहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण रामप्रवेश साहले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.