Modern technology gives us many things.

सशस्त्र प्रहरीद्वारा नेपाली र भारतीय नक्कली नोट सहित एकजना पक्राउ

वीरगञ्ज,२ असार । सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेश बाट प्राप्त सुचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवा बाट खटेको टोलीले बिहीबार बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारतीय २ हजार दरका २३ थान र ५ सय दरका १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल राैतहटले जनाएकाे छ ।

सशस्त्र प्रहरी नायव निरीक्षक जयराम यादवकाे नेतृत्वमा खटेकाे टाेलीले बंकुल बजारमा रहेकाे बाल्मिकी चिया पसलमा चिया खाइरहेको बेला नक्कली नाेटसहित सक्सेनालाई पक्राउ गर्न सफल भएकाे हाे ।

सूचनाको आधारमा पुगेकाे सशस्त्र प्रहरीकाे टोलीले चिया खाएर बसिरहेका सक्सेनाको शरीर जाँच गर्दा उनकाे साथबाट नक्कली नाेट बरामद भएकाे थियाे ।

नक्कली नाेटसहित पक्राउ परेका सक्सेनालाई आवश्यक कारवाहीकाे लागि इलाका प्रहरी कार्यालय बंकुलमा बुझाइएकाे सशस्त्र प्रहरी बल नेपाल राैतहटले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.