Modern technology gives us many things.

वीरगञ्जमा अव्यवस्थित तार हटाउने अभियानको थालनी

वीरगञ्ज, ३१ जेठ । वीरगञ्जमा अव्यवस्थित रुपमा रहेका तार व्यवस्थित गर्ने अभियानको थालनी भएको छ ।

आइतवार नेपाल विद्युत प्राधिकरण, टिभी केबुल, इन्टरनेट, फोन लगायतका प्रतिनीधिहरुको बैठकले गरेको निर्णयबमोजिम सोमवारदेखि प्रयोगबिहीन रुपमा जेलिएर शहरको सुन्दरता बिगारीरहेका तारह हटाउन थालिएको हो ।

पहिलो दिन आज वीरगञ्जको आदर्शनगरदेखि भाजु रत्न चौकसम्मको लगभग ५ सय किलो तार हटाइएको छ ।

आज टेलिकम र नेटका प्रतिनिधिले प्रयोगबिहिन रुपमा रहेका अव्यवस्थित तार हटाएका हुन् । यो अभियानलाई १ सातासम्म निरन्तरता दिएर पुनः समिक्षा गरी अन्य स्थानमा पनि अभियानको थालनी गरिएको छ  ।

अव्यवस्थित रुपमा रहेका तारसँगै प्रयोगबिहिन रुपमा रहेका र जोखिमयुक्त विद्युतिय पोल पनि हटाइने छ ।

Leave A Reply

Your email address will not be published.