Modern technology gives us many things.

जिल्ला समन्वय समितिमा एमाले जसपा गठबन्धनकाे प्यानल विजयी

वीरगञ्ज, २७ जेठ । जिल्ला समन्वय समिति (जिसस) पर्साको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका साझा उम्मेदवार निरञ्जन सा (अजय)सोनार प्यानलसहित बिजयी भएका छन् ।

जिसस पर्साको शुक्रवार सम्पन्न निर्वाचनमा २ मतका अन्तरले सोनार प्रमुखमा निर्वाचित भएका छन् । उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजजवादी पार्टी (लोसपा) का उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन् ।

सोनार यसअघि भएको वीरगञ्ज महानगरपालिका को कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

उपसभापतिमा एमोलका पुरण प्रसाद कुर्मी, सदस्यमा जसपाका बैजन्ती देवी, राजपति देवी, बिनय प्रसाद कुर्मी, एमालेका श्रीकान्ती देवी, सुशिला कामी, रामप्रसाद यादव, सलिम मियाँ अन्सारी निर्वाचित भएका छन् ।

पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा प्रमुख र उपप्रमुख गरी २८ जना मतदाता रहेका थिए ।

जिल्लामा कांग्रेसबाट १२, एमालेबाट १०, जसपाबाट ५ र लोसपाबाट १ गरि कुल २८ प्रमुख–उपप्रमुख निर्वाचित भएका छन् ।

Leave A Reply

Your email address will not be published.