Modern technology gives us many things.

वीरगंजका समाजसेवी सेराज अहमदले संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने

वीरगंज,२६ जेठ । बीरगंजका समाजसेवी युवा सेराज अहमदले आउदो संसदीय चुनावमा आफु क्षेत्र नं १ को (क) बाट प्रदेश सांसदको लागी स्वतन्त्र उम्मेद्वारी दिने निर्णय गरेका छन।

यस अनलाईन संग कुरा गर्दै समाजसेवी अहमदले जनताको सेवा गर्ने उद्देश्यले संसदीय चुनावमा स्वतन्त्र उम्मेद्वारी दिने बताए ।

राजनीतिक दलहरू संग जनता आजित भईसकेको बताउदै समाजसेवी अहमदले काठमाण्डौ महानगरका जनताले जसरी स्वतंत्रत उम्मेदवारलाई विना कुनै स्वार्थ विजयी गराए त्यसतै यहांका जनताले पनी मलाई माया गर्नेमा विश्वस्त रहेको बताए।

समाजसेवामा निरन्तर विना भेदभाव सहयोग गर्ने अहमदले जनताको सेवा गर्न एक अलग र मजबुत बलको आवश्यकता परेको देखेर साथै वर्तमान तथा भविष्यमा कुनै पार्टीगत दबाबमा पर्न नपरोस भनि स्वतन्त्र उम्मेद्वारी रोजेको उनको भनाई थियो।

अहमदले स्वतंत्रत उम्मेदवारी दिने घोषणा संगै जनताको घर दैलोमा पुगेर आफुलाइ साथ तथा सहयोग गरिदिन अनुरोध गरेका छन ।

Leave A Reply

Your email address will not be published.