Modern technology gives us many things.

सरकारको उद्घोष : वीरगञ्ज चिनी कारखाना र कृषि औजार केन्द्र सञ्चालन गर्ने

वीरगञ्ज, १६ जेठ । विगत २ दशकभन्दा लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने उद्घोष गरेका हुन् ।

वीरगञ्ज चिनी कारखानासँगै कृषि औजार कारखाना पनि पुनः सञ्चालन गर्ने कार्यक्रममा आइतवार अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा समेटिएको छ । पर्सा , बारा र रौतहटका झण्डै २० हजार किसान आश्रीत रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुइ दशक बितिसकेको छ ।

तत्कालीन सोभियत संघ रुसको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ साल देखि सन्चालनमा ल्याएको वीरगञ्ज चीनी कारखाना २०५९ सालमा बन्द भएको हो ।

चिनी कारखाना घाटामा गएको भदै २०५९ साल फागुन १६ गते तत्कालीन शाही सरकारले कारखाना बन्द गर्ने निर्णय गरेको थियो । यस्तै कृृषि औजार कारखाना पनि दुइ दशक देखि नै बन्द छ ।

सरकारले कारखाना सञ्चालन गर्ने निर्णय स्वागत योग्य भएपनि बजेट कार्यन्वयनमा भने विश्वास गर्न नसकिने यहाँका बुद्धिजिवीको विश्लेषण छ ।

Leave A Reply

Your email address will not be published.