Modern technology gives us many things.

मेलाको मौका छोपी नक्कली नोट साटेको आरोपमा दुईजना युवक पक्राउ

वीरगञ्ज,१६ जेठ। नक्कली नोट कारोबारमा संलग्न २ जनालाई पर्साको जगर्नाथपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
जगर्नाथपुर गाउँपालिकाको वडा नम्बर ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नोट साटिरहेको भन्ने सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाकै बहुदरमाई नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली घर भई हाल बहुदरमाई नगरपालिका ८ मा बसिरहेका २० वर्षीय अजय सहनी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेकाको साथबाट नक्कली नोट बीस हजार (१ हजार दरका २० थान) रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका दुबै जना बिरुद्ध मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पनि खनालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.