Modern technology gives us many things.

ट्राफिक व्यवस्थापन सम्बन्धमा मेयर सिंहले गरे ट्राफिक प्रमुखसँग छलफल

वीरगञ्ज । ट्राफिक व्यवस्थापन तथा पार्किङ् सम्बन्धमा वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुबप्रसाद दाहालसँग छलफल गरेका छन् ।

वीरगञ्ज महानगर क्षेत्रको ट्राफिक व्यवस्थापक, पार्किङ्ग, सडक लेन लगायतका समस्याका सम्बन्धमा मेयर सिंहले ट्राफिक प्रमुखसँग छलफल गरेका हुन् ।

दाहाललाई आफ्नै कार्यकक्षमा बोलाएर महानगरको ट्राफिक व्यवस्थापनमा भइरहेका काम र देखिएका समस्या बारेमा मेयर सिंहले जानकारी लिएका हुन् ।

यसका साथै ट्रान्सपोर्ट तथा हेभी गाडी लोड अनलोड लगायत विषयमा पनि मेयर सिंहले जानकारी लिएका छन् । ट्राफिक व्यवस्थापनका रुट छुट्याएर सवारी आउजाउको व्यवस्था मिलाउने वातावरण महानगरले बनाइदिए सहज हुने ट्राफिक प्रहरी प्रमुख दाहालको भनाई छ ।

साथै पार्किङको समस्याका कारण सडकमै सवारी पार्किङ गर्दा साँघुरा सडक झनै साँघुरा भएकाले पनि आउजाउमा कठिनाई आउनुका साथै ट्राफिक व्यवस्थापन चुनौति देखिएको दाहालले बताए ।

त्यसका लागि छुट्टै पार्किङ क्षेत्र बनाउनु जरुरी रहेको भन्दै महानगरले त्यसमा काम गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

महानगरले वीरगञ्जको ट्राफिक व्यवस्थापनका लागि छुट्टै पार्किङ क्षेत्र निर्माण गर्नुका साथै अहिले भइरहेको जथाभावि पार्किङलाई कम गर्न आवश्यक सहकार्य गरेर अघि बढ्न ट्राफिक प्रहरीसँग मेयर सिंहले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.