Modern technology gives us many things.

कुनैपनि बहानामा जनतालाई दुख नदिन महानगरको ३२ वडाका सचिवलाई मेयर सिंहको निर्देशन

वीरगञ्ज, १६ जेठ । कुनै पनी बहानामा जनतालाई दुख नदिई काम गर्न ३२ वटै वडाका वडा सचिवलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले निर्देशन दिएका छन् ।

निर्वाचित भएपछि पहिलो पटक ३२ वटै वडाका सचिवहरुसँग आयोजित छलफलका क्रममा मेयर सिंहले जनतालाई कुनै पनि बहानामा दुःख नदिन निर्देशन दिएका हुन् ।

सेवाग्राहीको काम गर्दा अपुग भएका कागज पत्र राम्रोसँग सम्झाई बुझाई गरी एकैपटक सबै कागजपत्र ल्याउन सुझाव दिनुका साथै पटक पटक दुःख दिने प्रवृतिको अन्त्य गर्न पनि उनले आग्रह गरेका छन् ।

काम विशेषले सचिव बिदामा बस्नु परे विकल्प राखेर जानुपर्ने, वडामा नागरिक बडापत्र टाँस्नुपर्ने र जनताको गुनासो सिधै मेयरसम्म पुग्ने गरी संयन्त्र निर्माण गर्न पनि मेयर सिंहले निर्देशन दिएका छन् ।

साथै कार्यालय समयसम्म काम गर्नुपर्ने र वडामा कुनै दिन छड्के अनुगमन गर्दा सचिवसँगै अन्य कर्मचारी नभेटिएपछि कारवाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।

यसअघि हरेक वडामा सचिवदेखि अन्य कर्मचारीको मनोपली बढ्दै गएको हुँदा अबदेखि पूरानै प्रवृति दोहोरिन नदिन मेयर सिंहले सचिवहरुलाई निर्देशन दिएका हुन् ।

 

Leave A Reply

Your email address will not be published.