Modern technology gives us many things.

वीरगञ्जमा गठबन्धनको संयुक्त विजयी जुलुस

वीरगञ्ज, ११ जेठ । वीरगञ्जमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरु मेयर र उमेयरमा विजयी भएपछि नगरवासीलाई धन्यवाद दिँदै खुसियाली मनाउन आज विजय जुलुस निकालिएको छ ।

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंह र नेपाली कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् ।

सिंह र आलम विजयी भएको खुसियाली मनाउन र वीरगञ्जवासीलाई धन्यवाद दिन पाँच दलीय गठबन्धनका नेताहरुको सहभागितामा बुधबार दिउँसो आदर्शनगर रंगशालाबाट संयुक्त विजय र धन्यवाद जुलुश निकालिएको हो ।

संयुक्त विजय जुलुशमा नवनिर्वाचित मेयर सिंह, उपमेयर आलम, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीका साथै जसपा, काँग्रेस, माओवादी र नेकपा एसका नेता कार्यकर्ता र हजारौं समर्थकहरुको सहभागिता रहेको छ ।

जुलुसले महानगरका विभिन्न वडाहरुको परिक्रमा गरेको थियो ।

आदर्शनगरबाट शुरु भएको गठबन्धनको विजय जुलुश घडिअर्वा , घण्टाघर, मुर्ली चोक, पावरहाउस चोक, गण्डक चोक हुँदै परवानिपुर पुगेको छ ।

त्यसपछि जुलुस परवानीपुरबाट जितपुर हुँदै वीरगञ्ज महानगरको टेढा, सोलाखपुर, मिलनचोक, कट्गेनवा, बेलवाचोकबाट लालपर्सा, जगरनाथपुर, भवानीपुर, मनियारी आएर त्यहाबाट प्रसौनिबिर्ता, सबैठ्वा, रामगढवा, सिर्सिया, खल्वाटोला र इनरवा पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.