Modern technology gives us many things.

नवनिर्वाचित वडाअध्यक्ष सुशिलद्वारा शहिदको शालिकमा माल्यार्पण

वीरगञ्ज, ८ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडाअध्यक्षमा निर्वाचित भएसँगै सुशिल कुमार साहले शहिदको शालिकमा माल्यार्पण गरेका छन् ।

वीरगञ्जको घण्टाघरस्थित विपि उद्यानमा स्थापित गरिएका मधेश आन्दोलनका शहिदहरुको शालिकमा जनता समाजवादी पार्टी (जसपा) बाट वडाअध्यक्षमा निर्वाचित सुशिलले माल्यार्पण गरेका हुन् ।

निर्वाचित भएसँगै वडाबासीले निकालेको बिजयी जुलुश नर्सिंग मा.वि. बाट घण्टाघर हुँदै शहिद स्मृतिसम्म पुगेर माल्यार्पण गरिएको हो ।

शहिदको शालिकमा माल्यार्पण गर्दै उनले शहिदको सपनालाई साकार पार्न र वडाबासीको सेवामा तत्पर रहने प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

उनले भने, ‘मलाई विश्वास गरेर वडाको बिकासको जिम्मा दिने सम्पुर्ण वडाबासीप्रति हृदयदेखि आभारी छु ।

अब वडाको बिकास गर्नेे जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो मेरो जीत नभएर सम्पुर्ण वडाबासीको जित हो ।’

बिजयी जुलुशका क्रममा एकजना वडाकै महिलाले शुभाशिषस्वरुप सुशिललाई चाँदीको मुकुटसमेत लगाइदिएकी छिन् ।

उक्त मुकुटले अँझै जिम्मेवारी थपिएको आभाष भएको बताउँदै सुशिलले कर्तव्यनिष्ठ भएर दायित्वबोध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वडाबासीको घरघरमा पुग्दै उनले अमूल्य मत दिएकोमा आभारसमेत व्यक्त गरेका छन् । अब बिकासका लागि कुनै व्यक्ति र पार्टी नहेरी सबैलाई समान ढंगले व्यावहार गर्ने उनको भनाई छ ।

सो विजय जुलूस घण्टाघर हुंदै मेनरोड, आदर्शनगर, घडीअर्वा, अशोकवाटीका , रानीघाट समेत परिक्रमा गरेको थियो ।

Leave A Reply

Your email address will not be published.