Modern technology gives us many things.

सखुवाप्रसौनीमा नेकपा एमालेका यशवन्त यादव विजयी

वीरगञ्ज, ६ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका युवा नेता जसवन्त यादव निर्वाचित भएका छन् ।

१ हजार ८ सय ३१ मतको फराकिलो मतान्तरले निवर्तमान अध्यक्ष प्रदीप जैसवाललाई पराजित गर्दै ३२ वर्षीय यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिजयी भएका यादवले ६ हजार ६ सय ४१ मत पाउँदा जनता समाजवादी पार्टी ९जसपा० का जैसवालले ४ हजार ८ सय १० मत ल्याएका छन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएर ९ सय २४ मतका साथ चौथो स्थानमा रहेको थिए । ३ हजार ६ सय ८२ मतका साथ निर्वाचित भएका जैसवाल यसपटक पराजित भएका हुन् ।

उपाध्यक्षमा भने जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छिन् । नेकपा एमालेकी फुलमति कुमारी थरुनीलाई २ सय १२ मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएकी हुन् ।

बिष्टले ४ हजार ४ सय ६८ मत ल्याएकी छिन् भने निवर्तमान उपाध्यक्ष थरुनीले ४ हजार २ सय ५६ मत पाएकी छिन् ।

Leave A Reply

Your email address will not be published.