Modern technology gives us many things.

वीरगञ्ज महानगर : राजेशमान सिंहको अग्रता कायमै, १२ हजार बढी मतले अगाडी

वीरगञ्ज, ६ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले १२ हजार बढी मतले अग्रता कायम राखेका छन् ।

वीरगञ्ज महानगरपालिकाका ३२ वडाका ४७ हजार ७ सय ५४ मत गणना गर्दासम्म सिंहले नेकपा एमालेका बिजय कुमार सरावगीलाई ११ हजार ८ सय २७ मतले पछि पारेका छन् ।

राजेशमानले २४ हजार ३ सय १६ मत प्राप्त गर्दा सरावगीले १२ हजार ४ सय ८९ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले भने १ हजार ४ सय २६ मत पाएका छन् ।

मेयरका लागि खसेको जम्मा मतमध्ये ३६ हजार ९ सय ६२ मत सदर हुँदा ९ हजार ३ सय ९१ मत बदर भएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.