पोखरीया नगरपालिकाको मेयरमा एमालेका प्रधुम्न चौहान विजयी
वीरगन्ज,०५ जेठ । पर्साको पोखरीया नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
पोखरीया नगरपालिकाको मेयरमा एमालेका प्रधुम्न चौहान विजयी भएका हुन् ।
नेपाली काँग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर दिपनारायण रौनीयारलाइ २४३३ मतको फराकिलो मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएका हुन् ।
चौहानले ५५५४ मत पाउदा काँग्रेसका उम्मेदवार रौनीयारले भने ३१२१ मत पाएका छन् ।
मेयरमा नेपाल सुशासन पार्टीका शंकर राउत अहिरले २९०९ , लोसपाका निजामुदिन समानीले २६१५ र जसपाका राजीव कुमार तेलीले ८५८ मत पाएका हुन् ।
यस्तै पोखरीयाको उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर ५१९५ मतका साथ विजयी भएकी छन् ।
उनकी निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ , लोसपाकी आशा कुमारी चौहानले २४६५ र नेपाल सुशासन पार्टीकी विणा देवीले २२४९ मत पाएकी छन् ।