पर्सा पकाहामैनपुर : अध्यक्षमा कांग्रेसका सुरेश प्रसाद र उपाध्यक्षमा सरफुन नेशा विजयी
पर्सा,०४ जेठ । पकाहा मैनपुर गाउँपालिकामा नेपाली कांग्रेसका सुरेश प्रसाद र सरफुन नेशा निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित सुरेशले ४ हजार ६८५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विजयकुमार चौरसियाले २ हजार ५२९ मत पाएका छन् ।
उपाध्यक्षमा विजयी सरफुनले ४ हजार १४१ मत पाइन् । सोही पदमा नेकपा एमालेकी कुमारी निर्मला चौरसियाले १ हजार ८७२ ल्याएकी छिन् ।