पर्साको पोखरिया ९ मा सुशासन पार्टीका नौशाद आलम वडा अध्यक्षमा विजयी
वीरगञ्ज, ४ जेठ । पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सा जिल्लामा खाता खोलेको छ ।
नेपाल सुशासन पार्टीले पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ मा वडा अध्यक्ष जितेर खाता खोलेको हो ।
सुशासन पार्टीका उम्मेदवार नौशाद आलम ८ सय ७७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६ सय ७८ मत प्राप्त गरेका छन् ।