Modern technology gives us many things.

पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जसपाका मदन चौहान विजयी

वीरगञ्ज, ४ जेठ । पर्साको धोविनी गाउँपालिकाबाट जनता समाजवादी पार्टी नेपालले आफ्नो खाता खोलेको छ ।

गाउँपालिका अध्यक्षमा जसपाका मदन प्रसाद चौहान निर्वाचित भएसँगै आफ्नो खाता खोल्दै जिल्लामा पालिका जित्ने जसपा दोस्रो पार्टी बनेको छ ।

आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीलाई केवल २० मतको झिनो अन्तरले पराजित गर्दै चौहान अध्यक्षमा निर्वाचित भएका हुन् । चौहानले ३ हजार ९१ मत ल्याउँदा कुर्मीले तीन हजार ७१ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने जसपा पराजित भएको छ । धोविनीको उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवलाई ५ सय ६६ मतले पराजित गर्दै मञ्जु देवी उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

मञ्जुले ३ हजार १ सय ४३ मत पाउँदा प्रियंकाले २ हजार ५ सय ७७ मत पाएकी निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।धोविनी गाउँपालिकामा अघिल्लो निर्वाचनमा भन्दा ठिक उल्टो परिणाम देखिएको छ ।

अधिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम नेपाल विजयी भएको थियो ।

त्यतीबेला अध्यक्षमा नेपाली कांग्रेसका सुरेशप्रसाद कुर्मी २ हजार १ सय ७६ मत ल्याउँदै फोरमकी सुशिला देवीलाई २ सय ८४ मतको अन्तरले पराजित गरेका थिए र उपाध्यक्षमा फोरमबाट पारसनाथ प्रसाद कुर्मी २ हजार ४ सय ५९ मत ल्याएर नेपाली कांग्रेसकी मञ्जु देवीलाई १ सय ७१ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

तर यस वर्ष नेपाली कांग्रेसले सुरेश प्रसादलाई र जसपाले पारशनाथलाई टिकट नै दिएन ।

गाउँपालिकाको अध्यक्षमा जितेपनि वडामा भने जसपा कमजोर देखिएको छ । ५ वटा वडा रहेको धोबिनी गाउँपालिकामा कांग्रेसले ३ र जसपाले २ वटा वडाको अध्यक्ष जित हासिल निर्वाचन अधिकृत दहालले बताए ।

धोविनीको वडा नम्बर १ मा कांग्रेसका बन्धु साह तेली (५७४) मत, वडा नम्बर २ मा जसपाका देवेन्द्र प्रसाद कुर्मी (८७५), वडा नम्बर ३ मा पुनः नेपाली कांग्रेसका राजकिशोर प्रसाद कुर्मी (५७०) मत, वडा नम्बर ४ मा कांग्रेसकै अबास मियाँ चुरिहार (७१०) र वडा नम्बर ५ मा पुनः मनौवर अहमद (८६०) मत ल्याएर निर्वाचित भएका छन् ।

Leave A Reply

Your email address will not be published.