Modern technology gives us many things.

जिराभवानी गापा : अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका अनोज र रेखा विजयी

वीरगञ्ज, ४ जेठ । पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरी निर्वाचित भएका छन् ।

नेकपा एमालेका निवर्तमान अध्यक्ष रामप्रित महतोलाई १ हजार २ सय ६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

चौधरीले ४ हजार ५ सय ६० मत पाएका छन् भने महतोले ३ हजार २ सय ९९ मत पाएका छन् । जनता समाजवादी पार्टी ९जसपा० नेपालका विकाउ प्रसाद भण्डारी थारु १ हजार ६५ मत र नेकपा माओवादी केन्द्रका जयनारायण प्रसाद चौधरी १ हजार ६५ मत पाएका छन् ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी रेखा चौधरी बिजयी भएकी छिन् । उनले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषा देवी थरुनीलाई १ हजार ७ सय ४५ मतको फराकिलो अन्तरले रेखा चौधरी उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

जसपाकी बिन्दु देवी थरुनी १ हजार ४ सय २८, माओवादी केन्द्रकी उम्मेदवार ८ सय १४ मत र नेकपा (एकीकृत समाजवादी) की सबरुन नेसाले १ सय २७ मत पाएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका रामशरण खवास थारु (१२८८), वडा नम्बर २ मा एमालेका महादेव महतो थारु (८७७), ३ मा नेपाली कांग्रेसका सुरुज राय थारु (९६४), ४ मा कांग्रेसकै राजेश्वर दास थारु र ५ मा पनि कांग्रेसकै दारा सिंह राउत थारु (९१०) निर्वाचित भएका छन् ।

Leave A Reply

Your email address will not be published.