महानगर अपडेट: वीरगञ्जमा राजेशमानले लिए ४ हजार बढी मतको अग्रता
वीरगंज,०३ जेठ। वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबंधन बाट (जसपा) का उम्मेदवार राजेशमान सिंहले ४ हजार बढी मतको अग्रता लिएका छन् ।
आज विहान ६ बजे सम्मको अपडेटमा वडा नम्बर १,२,३ र ३०,३१,र ३२को १४ हजार ४ सय ९६ मतगणना गर्दा सिंहले ७ हजार २ सय ४५ मत ल्याएर अग्रता लिएका हुन् ।
सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।मेयरमा नेकपा एमालेका विजयकुमार सरावगीले ३ हजार ९५ मत ल्याएका छन् ।
सिंह ४ हजार १ सय ५० बढी मतको अग्रता लिएका छन।