Modern technology gives us many things.

वीरगञ्ज महानगर : ३ हजार ७८ मत गणना हुँदा मेयरमा ८१८ र उपमेयरमा १६४३ मत बदर

वीरगञ्ज, १ जेठ । वीरगञ्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा सम्म मेयरमा ८ सय १६ मत बदर भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार मेयर पदमा ८ सय १८ अर्थात २६.५७ प्रतिशत मत बदर भएको हो ।

उपमेयरमा भने आधा भन्दा बढि अर्थात ५३.३७ प्रतिशत मत बदर भएको छ । उपमेयरमा १ हजार ६ सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । मेयरमा सदर मत २२६० र उपमेयरमा १४३५ मत मात्रै सदर भएको पौडेलले जानकारी दिए ।

महानगरमा दलहरुले मेयर र उपमेयर पदमा गठबन्धन गरेकाले उम्मेदवार नभएकै चुनाव चिन्हमा स्वास्तीक छाप लगाइएका कारण मेयर र उपमेयर पदमा धेरै मत बदर भएको हो ।

मेयरमा उम्मेदवार नै नभएको काँग्रेसको रुख छाप र लोसपाको साइकल छाप तथा उपमेयरमा उम्मेदवार नभएको जसपाको छाता छाप र एमालेको सुर्य छापसँगै एकिकृत समाजवादी पार्टीको कलम छापमा अत्याधिक स्वस्तीक छाप लगाइएको भेटिएकोले बदर मतको संख्या धेरै रहेको पौडेलले बताए ।

Leave A Reply

Your email address will not be published.